काठमाडौं चैत १०,
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले दुई करोड मतपत्र छापिने जनाएको छ । बिहीबार आयोगमा आयोजित मिडिया बिफ्रिङ्गमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचनमा एक करोड ७८ लाख मतदान हुने सक्ने अनुमान सहित आवश्यकता भन्दा १० प्रतिशत बढी समेत गरि दुई करोड मतपत्र मतदाता छापिने जानकारी दिदै यसको लागि ११ करोड रुपियाँको कागज खरिद गरिसकेको जानकारी दिएको छ।
त्यस्तै सहायक प्रवक्ता अर्यालले मतपत्र जन शिक्षा सामग्री केन्द्रलेमा छापिने जानकारििददै निर्वाचनको क्रममा मतदान गर्ने मतदातको अन्तिम मतदाता नामवली चैत १३ गते सार्वजनिक हुने बताउँदै देशका विभिन्न १५ स्थानमा कार्यक्रम आचारसंहिता सचेतना कार्यक्रम सञ्चालन भइरहेको समेत जानकारी दिनुभयो ।