शनिबार, बैशाख ८, २०८१

स्थानीय तह निर्वाचनका लागि जारी हुने आचारसंहिताको अन्तिम तयारीमा आयोग

काठमाडौं फागुन ३०,
आगामी वैशाख ३० गते सम्पन हुने गरि मिति तोकिएको स्थानीय तह निर्वाचनका लागि जारी हुने आचारसंहिताको अन्तिम तयारी सहित कानुन मन्त्रालयसँग छलफल भइरहेको जारी छलफल सकेसंगै नितिगत निर्णय सहित जारी गर्ने तयारीमा  रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभएकोछ ।

त्यस्तै साना दलले निर्वाचन चिन्हप्रति गरेको गुनासोबारे पनि आयोगले प्रचलित कानुनको अधिनमा रहेर निर्णय गर्ने जानकारी दिदै आयोगका प्रवक्ता पौडेलले महानगरको प्रमुख वा उपप्रमुखलाई सात लाख ५० हजार, उपमहानगरपालिकाको प्रमुख वा उपप्रमुखको उम्मेदवार पाँच लाख ५० हजार र नगरपालिकाको प्रमुख वा उपप्रमुखको उम्मेदवारले चार लाख ५० हजार रुपियाँ खर्च गर्न पाउने सीमा तोकिएको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्षले ३ लाख ५० हजार, महानगरको वडा अध्यक्ष वा सदस्यको उम्मेदवारले ३ लाख र उपमहानगरको वडा अध्यक्ष वा सदस्यको उम्मेदवारले २ लाख ५० हजार खर्च सिमा तोकिएको बताउनुभयो ।

साथै नगरपालिकाको वडा अध्यक्ष वा सदस्यहकमा २ लाख र गाउँपालिकाको वडा अध्यक्ष वा सदस्यको हकमा १ लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था संगै जिल्ला समन्वय समितितर्फ उम्मेदवारले ५० हजारसम्म र सदस्यको उम्मेदवारले २५ हजारसम्म खर्च गर्न पाउने सिमा तोकिएको बताउनुभयो ।