काठमाडौं चैत १०,
राष्ट्रिय सुरक्षा समितिको आज बसेको बैठकले आसन्न स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । आसन्न ‘स्थानीय तह निर्वाचन लक्षित हुँदै आज गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न अपनाइनुपर्ने सुरक्षानितिप्रति धारणा राख्नुभएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारीदिनुभएको छ। साथै उहाँले आगामी सुरक्षा चुनौती र ती चुनौतीलाई सम्बोधन गर्न अपनाउनुपर्ने रणनीतिबारे विशेष छलफल भएको बताउनुभयो ।
साथै बैठकमा शुक्रबारदेखि हुने चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन लगायतका विषयमा समेत छलफल भएको उक्तबैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेल लगायतको सहभागिता रहेको थियो ।