बुधबार, मंसिर २०, २०८०
Dashain

‘सामाजिक व्यवस्थापनका लागि गरिने रचनात्मक काममा महानगरकोे सदैव सहयोग रहन्छ : प्रमुख शाक्य

 काठमाडौं चैत ९,
काठमाडौं महानगरपालिका वडा ३१ मीनभवनमा संघ, प्रदेश, स्थानीय तह र स्थानीयबासीको संयुक्त लगानीमा नव निर्मित सामुदायिक सेवा सदन भवनका काठमाडौँ काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रदेश सभा सदस्य गणेश दुलाल, वडाध्यक्ष नारायण भण्डारीसहित अधिकारीहरुले मंगलवार सयुक्तरुपमा शुभारम्भ गर्नुभएको हो ।

उक्त भवन निर्माणको लागि नेपाली काँग्रेसका नेता एमव् संघीय संसद सदस्य प्रकाशमान सिंह, प्रदेश सभा सदस्य गणेश दुलाल, पूर्व संसद सदस्य राधेश्याम अधिकारी, संविधान सभा सदस्य कल्याणी रिजाल र सावित्रा भुषाल, पूर्व संसद कृष्णा अमात्यको संसद विकास मार्फतको सहयोगसंगै स्थानीय सामाजिक संघ संस्था र व्यक्तिगत रुपमा दाताको समेत सहयोग रहेको छ।

भवन उद्घाटनसत्रमा बोल्दै महानगर प्रमुख शाक्यले, दुःखको समयमा साथ दिने नै सच्चा सहयोगी भएको बताउँदै ‘किरियापुत्री भवन दुःख व्यवस्थापनमा साथ दिने ठाउँ भएका कारण यसकिसिमको सामुदायिक आवश्यकता औचित्य माथि प्रकाश पार्दै यसको सञ्चालन र व्यवस्थापनमा ंसंवेदनशील हुनुपर्ने बताउनुभयो ।

त्यस्तै उहाँले व्यक्ति निधन पछि भन्दा पनि जीवितै भएका बेला गरिने सम्मान धेरै प्रभावकारी हुने भन्दै उहाँले ‘सामाजिक व्यवस्थापनका लागि गरिने रचनात्मक तथा सिर्जनात्मक कामका लागि महानगरपालिका सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो ।

भवनमा आवश्यक पर्ने फर्निचर, भाडाकुँडा, लत्ताकपडा, ग्याँस, हिटर, चुलो लगायतक करिब १६ लाख रुपैयाँ बराबरका भौतिक सामग्री महानगरले उपलब्ध गराएको कार्यक्रममा जानकारी दिइएको थियो ।

त्यस्तै प्रदेश सभा सदस्य गणेश दुलालले, सामुदायिक भवन वहुउपयोगी भएकोले यसको व्यवस्थापन पनि त्यसैबमोजिम गरिने धारणा राख्नुभयो । कार्यक्रममा स्थानीय वडाध्यक्ष नारायण भण्डारी , सेवा सदनका अध्यक्ष रामकृष्ण थापा मगरलगायतले बोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28