काठमाडौँ चैत ८,
प्रधानमन्त्री शेरबहादुर देउवाले वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक मार्फत आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध पक्षलाइ निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटामार आयोजित आजको बैठकमा प्रधानमन्त्री देउवाले निर्देशन दिँदै भने, ‘‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईहरुले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्न निर्देशन दिनुभएको हो ।
त्यसक्रममा प्रधानमन्त्री देउवाले हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो । त्यसअर्थमा पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारी साधान प्रयोग गर्नुपर्ने र विद्युत्को खपत बढाउनुपर्ने अवस्था संगै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न मन्त्रालय एवं मातहतका सबै सरकारी कार्यालयहरुलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी नीतिसहितको कार्यतर्जुमा गर्न आवश्यक रहेको बताउँनु भएको छ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालयलगायतका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।