शुक्रबार, मंसिर १५, २०८०
Dashain

महानगरको पहिचान र परम्परासंगै मौलिकता बचाउने दायित्व महानगरको : प्रमुख शाक्य

काठमाडौ चैत १२ ,
शुक्रबार ज्यापू महागुथि नेपाःको मुख्यालयको एक कार्यक्रमकावीच काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको छ ।
ज्यापू समुदायको निरन्तरताले काठमाडौँका सांस्कृतिक सम्पदा संरक्षण ठूलो टेवा पुगेको बताउँदै शिलान्यास कार्यक्रममा वोल्दै महानगर प्रमुख शाक्यले, सांस्कृति सम्पदा निर्माण पुननिर्माणमा सहयोग गर्ने महानगरको पारित निति अनुरुप समुदायको प्रयासमा महानगरले राज्यकोतर्फबाट सहयोग गरेको बताउँनुभयो ।

त्यस्तै उहाँले केहि समय अघि महानगरको सहयोगमा बनेको संरचनाको स्वामित्व स्वयम महानगरले लिन्छ भन्ने जुन नियोजित फैलाइएको थियो त्यस किसिमको भ्रमलाइ चिर्दै आजको मिति सम्म दर्जनौं त्यस्ता सम्पदाको निर्माण गर्दै सम्बन्धित समुदायलाइ हस्तान्तरण गरिसकेको बताउनुभयो ।

ज्यापू जातिले वजाउने धिमे बाजा आज ज्यापू जातिको मात्र नभइ सिंगो राष्ट्रकै सम्पत्ति भएको बताउँदै उहाँले महानगरको पहिचान बनेको सम्पदा र यहाँको परम्परासंगै मौलिकता बचाउने दायित्व महानगरको भएकै कारण भवन निर्माणको लागि सहयोग गरेको बताउनुभयो ।
त्यस्तै साढे ३ आना जग्गामा निर्माण हुने प्रस्तावित ज्यापू महागुथि नेपाःको ५ तले मुख्यालय निर्माणको लागि महानगरले २ करोड रुपैयाँ अनुदान सहयोग गरेको हो ।