शुक्रबार, मंसिर १५, २०८०
Dashain

मधुमेहको रोग बाट बच्न समयमै आवश्यक सावधानी अपनाउन मन्त्री खतिवडाको आग्रह

काठमाडौं चैत १३ ,
तिव्र गतिमा बढ्दो मधुमेहको रोग बाट बच्न समयमै आवश्यक सावधानी अपनाउदै आफ्नो खनापिनमा सचेत र सावधानी बन्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बिरोध खतिवडाले आग्रह गर्नुभएको छ।

शनिबार इन्डो–नेपाल–बेलायत मधुमेह सम्मेलन तथा मधुमेह नेपालको बार्षिक व्यावसायिक सम्मेलनको उद्घाटन गर्दै मन्त्री खतिवडाले नेपालमा कुल मृत्युदरको झण्डै चार प्रतिशत मधुमेहले ओगटेको र विश्वका करिब ५० करोड मानिस यसबाट पीडित रहेको बताउँदै यस्तो आग्रह गर्नु भएको हो ।

साथै उहाँलेकार्यक्रमको उद्घाटनसत्रमा नेपालमा मधुमेह नियन्त्रण तथा व्यवस्थापनको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै वरिष्ठ चिकित्सक प्राध्यापक डा-सञ्जीव ढुंगेललाई लाइफटाइम एचिभमेन्ट मधुमेह पुरस्कारबाट सम्मानीत समेत गनुभयो ।

कार्यक्रममा सम्मानीत व्यक्तित्व डा ढुङ्गेल, त्यस्तै मधुमेह नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्यौं हेल्थ एक्सचेन्ज नेपालका महासचिव डा सत्यन राजभण्डारी, डाइविटिज नेपालका महासचिव कैलाश प्रधान युएसभी नेपालका कन्ट्री म्यानेजर हिमांशु शेखर लगायतले मधुमेह रोगको चर्चा गर्दै आआफ्नो धारण व्यक्त गर्नुभएको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28