शुक्रबार, मंसिर १५, २०८०
Dashain

बुद्ध जन्मभूमिमा वुद्धसँग सम्बन्धित काम गर्न किन्चित पनि विलम्ब गर्न् नहुनेमा महानगर प्रमुखको जोड

काठमाडौं चैत ४,
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले  विश्व सम्पदा क्षेत्रमा रहेको  कामपा वडा न १५ स्थित आनन्द कुटी विहारमा आज वुद्ध मूर्ति अनावरण गर्नुभएको छ । ०७२ सालको महाभूकम्पले क्षति पु-याएको विहारको पुननिर्माणका क्रममा महानगरले बुद्धपूजा धम्मागार भित्र ७ फिट अग्लो शाक्यमुनि वुद्धको मूर्ति प्रतिस्थापन गरेको हो ।

मूर्ति अनावरण कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख शाक्यले विश्व सम्पदा क्षेत्रमा रहेको स्वयम्भू क्षेत्रमा महानगरले निर्माण गरेको वुद्ध मूर्तिको अनावरणसंगै   यस क्षेत्रको  गौरव थप बढेको भन्दै  बुद्ध जन्मेको देशमा वुद्धसँग सम्बन्धित काम गर्न किन्चित पनि विलम्ब गर्न नहुनेमा जोड दिनु भयो ।  त्यस्तै उहँँले  काठमाडौँ महानगरले लुम्बिनीमा नेपाली शैलीको महाविहार निर्माण गरेको जानकारीदिनुभयो । त्यस्तै उहाँले बुद्धको जन्मभूमि नेपालमा विहार बनाउन अरु देशले लगानी कुनु भन्दा पनि राज्यको तर्फबाट महानगरले लगानी गरिरहेको बताउँनुभयो ।

साथै उहाँले महानगरकै वडा १० को अन्तरराष्ट्रिय बौद्ध केन्द्रमा धम्महल भवन निर्माण गरेको छ । वडा २८ मा वुद्ध विहार र वडा २५ को धर्मकीर्ति महाविहारको विस्तार भवन निर्माण गरिसकेको जानकारी दिनुभयो । त्यस्तै महानगरको वडा ५ मा नरबुद्ध विहार निर्माण भइरहेको भगिनी सम्बन्ध भएको रामग्राम नगरको पण्डितपुरमा शान्ति कोलियग्राम पार्क निर्माण भइरहेको बताउनुभयो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28