शुक्रबार, मंसिर १५, २०८०
Dashain

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदै

काठमाडौं चैत १४ ,
प्रधानमन्त्री शेरबहादुर देउवा आगामी शुक्रबार छिेमेकी मुलुक भारतको औपचारिक भ्रमण जानु हुने भएको छ। भारतीय समकक्षी  मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा धर्मपत्नी डा आरजु देउवा परराष्ट्रमन्त्री डा नारायण खड्का, नेपाल सरकारका अन्य वरिष्ठ मन्त्री, सचिव र अधिकारी र सञ्चारकर्मी सहितको टोलीको प्रतिनिधित्व गर्दै भारत जानका लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक प्रममा नियुक्त भएसंगै प्रम देउवाको पहिलो द्विपक्षीय विदेश भ्रमण अन्र्तगत चैत १८ देखि २० गतेसम्म हुने  भारत भ्रमणको क्रममा नेपाल र भारतबीचको बहुआयामिक, सदियौँ पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।

त्यस्तै भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रमसंगै चैत १९ गते हैदरावाद हाउसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई पक्षिय वार्ता गर्नुहुनेछ ।

त्यसैगरी, प्रधानमन्त्री देउवासंग भारतीय विदेशमन्त्री एस जयशङ्कर तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारको शिष्टाचार भेटवार्ता संगै प्रधानमन्त्री देउवाले व्यापारी समुदायको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले चैत २० गते काठमाडौँ फर्कनुअघि प्रधानमन्त्रीले वाराणसीको पनि भ्रमण गर्नुहुने कार्यक्रम समेत रहेको जनाएको छ ।