शुक्रबार, मंसिर १५, २०८०
Dashain

नवीन्द्रराज सद्गुण र निष्ठाको राजनीतिका प्रतिविम्व :वरिष्ठ नेता पौडेल

काठमाडौं चैत १३ ,
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको प्रथम स्मृति दिवसका अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रमकावीच उहाँको स्मृतिमा प्रकाशित ‘नवीन्द्रराज जोशी ः व्यक्तित्व र योगदान’ पुस्तकको लोकार्पण गर्दै नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले नेता पौडेलले निष्ठाको राजनीति संगै गलत सम्झौता कहिले नगरेको स्मरण सहित नविन्द्रमा एक असल नेतामा हुनुपर्ने सम्पूर्ण गुण रहेको बताउनुभएकोछ । साथै उहाँले समयक्रममा यस्ता चरित्रको नेता मुलुकले सख्यात्मकरुपमा निकै कम पाउने भन्दै उहाँको कार्यशैलीको चर्चा गर्नुभएको छ।

त्यस्तै काँग्रेस नेता विमलेन्द्र निधिले नविन्द्रको निधनले नेपाली काँग्रेसले मात्र नभइ भावी पुस्ताले समेत असल नेता गुमाएको बताउदै नविन्द्रमा सङ्गठन र लोकतान्त्रिक आन्दोलनलाई कसरी अघि बढाउने भन्ने अद्भुत कल्पनाशील शक्ति रहेको चर्चा गर्नुभयो ।

त्यस्तै काँग्रेस महामन्त्री गगनकुमार थापाले नविन्द्रराज सदैव जनपक्षिय राजनीतिको पक्षपाति भएको चर्चा गर्दै उहाँ जस्तोसुकै प्रतिकुल समय होस वा अनुकल रत्तिभर विचलित नहुने विवेकशील र कर्मठशील व्यक्तित्वका साथै निरन्तर आफ्नो काम कर्तव्य प्रति दत्तचित रहने व्यक्तित्व भएको बताउनुभयो ।

त्यस्तै गरि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्घर्षमा शालीन, पराजयमा संयम र सत्तामा सिर्जनशीलताको छवि बनाउनुभएका नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री नविन्द्र जोशीको निधनले पार्टीले ऊर्जावान् नेता गुमाएको बताउँदै उहाँँको व्यक्तित्वको चर्चा गर्नुभयो ।

त्यस्तै गरि कार्यक्रममा नेकपा एसका नेता जीवनराम श्रेष्ठले मुलुकमा भएका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएका जोशीको निधन विश्वास गर्न कठिन मात्र नभई सहन र स्वीकार्न समेत कठिन भएको चर्चा गर्नुभयो ।

कार्यक्रमममा स्व जोशीका धर्मपत्नी सपना राजभण्डारी जोशी , उहाँका दाजु राजुराज जोशी लगायतले वोल्नुभएको थियो ।

नवीन्द्रराज जोशी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको नवीन्द्रराज जोशी : व्यक्तित्व र योगदान नामक २८७ पृष्ठको पुस्तकको खण्ड मा नेता जोशीको जीवन यात्रा , खण्ड मा व्यक्तित्व र योगदन र खण्ड मा तस्वीर गरि ३ खण्डमा विभाजन गरिएको छ भने प्रत्येक खण्डमा नेता जाशीसंगको सापीप्य र राजनीतिसँग जोडिएका लेखको संग्रह गरिएको छ।

 स्व : नेता जोशीको शालिक अनावरण : यसैवीच आजै राजधानीको मध्येबानेश्वरस्थित कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीको हाताभित्र निर्माण गरिएको कांग्रेस नेता स्व नविन्द्रराज जोशीको शालिक अनावरण गरिएको छ। नेता जोशी सो कलेजका संस्थापक हुनुहुन्छ ।  त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा.केदारभक्त माथेमाले आइतबार अनावरण गर्नुभएको हो ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28