स्थानी तह निर्वाचन उम्मेदवारको लागि १९ बुँदे स्वघोषणाको नयाँ व्यवस्था
काठमाडौं चैत १६,
निर्वाचन आयोगले आगामी वैशाख ३० गते एकसाथ देशभरका ७५३ वटा स्थानीय तहमा हुने निर्वाचन केन्द्रीत हुँदै निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले उम्मेदवारी मनोनयन दर्ताको क्रममा १९ बुँदे स्वघोषणा गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ ।
‘आयोगले नेपालको संविधान तथा निर्वाचनसम्बन्धी कानुनी व्यवस्था समेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणाति उम्मेदवार स्वयम् जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको हो ।
आयोगको बैठकले स्थानीय तहसँग सम्बन्धित कानुनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको प्रवक्ता शालिग्राम पौडेलले बताउनुभयो ।
त्यस्तै आयोगले आज सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार आसन्न निर्वाचनमा ठेक्कापट्टा वा चलअचल सम्पत्तिमा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने निर्णय संगै नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको, प्रतिनिधि वा प्रदेश सभाको समानुपातिक बन्द सुचीमा नाम समावेस नभएको , सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको सरकारी पेश्की बेरुजु तिर्न बुझाउन बाँकी नरहेको र स्थानीय तहलाइ कुनै पनि नगद र जिन्सी बुझाउन बाँकी नरहेको लगायतका १९ बुँदे व्यवस्था गरिएको छ ।