मङ्लबार, अशोज १६, २०८०

‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने सरकारको निर्णयको स्वागत

काठमाडौं फागुन १८,
नेपाल पत्रकार महासंघको लामो पहलपछि सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेकोमा   महासंघले मन्त्रालयको तर्फबाट भएको उक्त निर्णयको स्वागत गर्दै निर्णय पूर्ण कार्यान्वयन हुनेमा विश्वस्त रहेको जनाएको छ । साथै महासंघले ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ का कतिपय प्रावधान सरलीकृत गर्न जरुरी रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण समेत गराएको छ।

महासंघले विगत लामो समयदेखि ६५ वर्षमाथिका पत्रकारलाई पत्रकार वृत्ति उपलब्ध गराउन सरकारलाई लिखित दबाब सहितको सुझाव दिँदै आएको पक्षलाइ सम्बोधन गर्दै मन्त्रालयको सचिव स्तरीय निर्णयबाट जेष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयअनुसार ६५ वर्षदेखि ६९ वर्ष उमेर समुहका जेष्ठ पत्रकारलाई मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्म मासिक ७ हजार, ७६ देखि ८० वर्षसम्मका जेष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समूहका जेष्ठ पत्रकारलाई मासिक १५ हजारका दरले ‘जेष्ठ पत्रकार वृत्ति’ उपलब्ध गराउने भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28