शुक्रबार, मंसिर १५, २०८०
Dashain

एमाले बैठक : स्थानीय निर्वाचनमा बहुमतसहित एमाले पहिलो शक्ति बन्ने निष्कर्ष

काठमाडौं चैत १०,
नेकपा एमालेको आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले ११ बुँदे एजेन्दा पारित गरेको छ।

त्यस्तै  बैठकले आसन्न स्थानीय निर्वाचनमा नेकपा एमालेलाइ पहिलो पार्टी बनाउँन आवश्यक सम्पूर्ण रणनितिक कार्ययोजा तर्जुमा गर्दै अगाडी बढ्ने निष्कर्ष सहित पार्टी अध्यक्ष केपी ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि गहन छलफल समेत गरेको छ। समग्रमा आसन्न स्थानीय तहको निर्वाचन लक्षित हुँदै नितिगत निर्णय सहित बैठकले स्थानीय तहको उम्मेदवारको छ वटा मापदण्ड पारित गरेको छ।

पारित उम्मेदवारको छ वटा मापदण्ड अनुरुप चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्ने र छनौटको क्रममा वडा कमिटीको हकमा वडाले सिफारिस गरेर गाउँ नगरपालिकाले, गाउँ नगरपालिकाको जिल्लाले सिफारिस गर्ने र प्रदेशले, महानगर र उपमहानगरको प्रमुख, उपप्रमुखको हकमा सम्बन्धित कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने जनाएको छ।

त्यस्तै पार्टीको घोषणापत्र तयारीका लागि मस्यौदा समितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, प्रभु शाह, मनोजजंग थापा, युवराज खतिवडा, प्रभा बराल र दिनेशचन्द्र देवकोटासहितको कार्यदल गठन गर्नुके अलावा तयार भएको चैत १६ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने लगायतका निर्णय भएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28