शुक्रबार, मंसिर १५, २०८०
Dashain

एमाले कार्यकर्तालाई ओलीको निर्देशन कांग्रेसलाई १३ सिटमा सिमित गर्ने तयारी गर्नु

काठमाडौ चैत ५,
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा सत्तारुढदल नेपाली कांग्रेसलाई १३ सिटमा सिमित गर्नका लागि आवश्यक सम्पूर्ण तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएकाछन ।

अनेरास्ववियूले आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विगतको निर्वाचनमा २३ सिटमा सिमित भएको कांग्रेसले अबको निर्वाचनमा १३ सिटमा चित्त बुझाउनु पर्ने अवस्था आएको बताउनुभएको हो ।

त्यस्तै अध्यक्ष ओलीले देशका तमाम युवा शक्तिहरु कांग्रेस र गठबन्धन सरकारबाट वाक्क भइसकेको बताउँदै एमालेले मात्रै देशको विकास गर्न सक्ने भन्दै एमलेमा प्रवेश गर्ने जुन लहर चलेको छ त्यसले पनि यसको पुष्टि गर्ने उहाँको दावी रहेको थियो ।

साथै मौजुदा संसदमा पनि एमालेको ९८ सिट रहेको र देशभरको महोल पनि एमालेकै पक्षमा रहेको बताउँदै पछिल्लो समय विभिन्न स्थानीय तहका मेयर, उपमेर, केन्द्रीय तहको नेता एमालेमा आउने क्रम अझै जारी रहेका कारण कुनै पनि गठबधनले एमालेलाइ पहिलो पार्टी बन्न रोक्न नसक्ने बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28