सोमवार, बैशाख ३, २०८१

एमालेले आज मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै

काठमाडौं फागुन १७,
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पत्रकार सम्मेलन मार्फत गत आइतवकारको संसद बैठकबाट भएको एमसीसी अनुमोदन लगायत मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

एमसीसी अनुमोदन पछि सत्तारुढदल काँग्रेस र सत्ता साझेदार दल माओवादी केन्द्रले आ आफ्नो पार्टीको तपर्फबाट संस्थागत धारणा सार्वजनिक गरे पछ एमाले अध्यक्ष केपी ओलीले आज १ बजे रोयल बैकेट तिनकुनेमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको धारणा सार्वजनिक गर्ने तयारी भएको सम्वद्ध पक्षले जनाएको छ ।

एमालेले कारवाही गरेका माधव नेपाललगायतका १४ सांसदलाई बखास्त गर्नुपर्ने वा सभामुखले राजीनामा दिनु पर्ने माग राख्दै संसद अवरुद्ध गराउँदै आएको प्रतिपक्षीदल एमालेले एमसीसी अनुमोदन प्रक्रियामा प्रतयक्ष समोल नभएपनि परोक्षरुपमा अनुमोदनको लागि आवश्यक भूमिका निवार्ह गरेको पक्ष सर्वत्र जगजाहेर नै छ ।