शुक्रबार, मंसिर १५, २०८०
Dashain

आयोगको आचारसंहिता कार्यान्वयन नगर्न  सर्वोच्चको अल्पकालीनअन्तरिम आदेश

काठमाडौं चैत ८,
७५३ वटै स्थानीय तहको आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता कार्यान्वयन नगर्न दायर रिट निवेदनको सुनवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले जारी उक्त आदेशमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता कार्यान्वयन नगर्न भनिएको छ।

त्यस्तै जारी आदेशमा दुवै पक्षसँगको छलफलबाट अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा निर्णय नहुँदासम्म सुविधा र सन्तुलन तथा विषयवस्तुको गम्भीरताको दृष्टिबाट निवेदकले माग गरेको बमोजिम निर्वाचन आचारसंहिता, २०७८ को दफा ३६ कार्यान्वयन नगर्नु नगराउन र आगामी चैत १३ गते दुवै पक्षलाई छलफलका वोलाउन भनेको छ ।

पीसीआर र एन्टिजेन परीक्षणमा थप ४४ जनामा कोभिड सङ्क्रमण, १ कोमृत्यु
काठमाडौं चैत ८,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरेर छ हजार ५९४ जनाको परीक्षण गर्दा कुल ४४ जनामा सङ्क्रमण पुष्टि भएको
जाएको छ।

त्यस्तै मन्त्रालयलले यसवीचमा ४८१ जना संक्रमति कोडि मुक्त भएको जानकारीदिदै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ६८८ रहेको जनाएको छ । साथै हालसम्म् संक्रमणकारण आज थप एक जनाको मृत्यु भएको र योसँगै हालसम्म कोरोनाबाट ११ हजार ९५१ जना पुगेको जानकारििदएको छ।

त्यस्तै आइसियुमा २३ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदै गरेको जनाएको छ भने पछिल्लो २४ घण्टामा ७३ हजार ६४२ जनाले कोभिडविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28