मङ्लबार, बैशाख ४, २०८१

आज मध्यरात्रीबाट संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौ चैत १,
सरकारले आज बसेको मन्त्रिपरिषद् बैठक मार्फत गत मङ्सिर २८ गतेदेखि प्रारम्भ भएको आज मध्यरात्रीबाट संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको संविधानअनुसार संसद् अधिवेशनको अन्त्य र सुरुआत राष्ट्रपतिले गर्ने व्यवस्था अनुरुप आजको म.प, बैठक मार्फत राष्ट्रपति समक्ष सिफारिस गरेको जानकारी दिनुभयो ।

यसअघि संसद्को चालु अधिवेशन अन्र्तगतका सवै बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस नगरेको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।