मङ्लबार, बैशाख ४, २०८१

आज मध्यरातबाट लागू गरि पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

काठमाडौं चैत २,
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन [आइओसी] ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएआज मध्यरात १२ बजेदेखि लागू गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

बढ्दो मूल्यसूची अनुसार पेट्रोल, डिजल र मट्टितेलमा ५ रुपैयाँ मूल्य वृद्धि भएसंगै प्रतिलिटर पेट्रोलको मूल्य १५५ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । त्यस्तै आन्तरिक हवाई भाडामा १५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई भाडामा २०० रुपैयाँ वृद्धि भएको छ । तर, खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन ९आन्तरिक० प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन ९अन्तर्राष्ट्रिय० प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ ।