शुक्रबार, मंसिर १५, २०८०
Dashain

अनिश्चितकालका लागि देशभरका यातायात कार्यालयको सेवा बन्द

काठमाडौं चैत ९,
देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको  हो ।

विभागका प्रवक्ता डा. लोकनाथ भुषालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने बताए । यसअघि पनि विभागको सर्भरमा समस्या आउँदा अनलाइन फारम, लाइसेन्स प्रिन्ट, नवीकरण लगायतका सेवामा समस्या उत्पन्नभएसंगैअर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको हो