बिहिबार, बैशाख १३, २०८१

महानगरको न्यायिक सम्पादन अनुकरणीय हुनुपर्नेमा महानगर प्रमुख शाक्यको जोड

काठमाडौँ फागुन १३ ,
काठमाडौँ महानगरको कानून तथा मानव अधिकार विभागले कर्मचारीहरुका लागि ‘स्थानीय सरकार र कानून’ सम्बन्धी २ दिने तालिमको आयोजना गरेको छ ।
तालिम कार्यक्रमको शुभारम्भ गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरको सेवा प्रवाह कानूनबमोजिम गर्नुपर्नेमा जोड दिदै कानुनी ज्ञान अपरिहार्य रहेको बताउनुभएको छ । त्यस्तै उहाँले ‘ न्यायिक सम्पादन अनुकरणीय हुनुपर्ने बताउँदै मुद्दा फैसला हुँदा जित्नेले मात्र होइन, हार्नेले पनि चित्त बुझाउन सकने गििर कार्यसम्पादन गरोस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो ।

कार्यक्रममा महानगर वडा न २० का अध्यक्ष राजेन्द्र मानन्धर तालिममा कानून तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य , न्याय प्रशासक रामप्रसाद पौडेललगायतले न्याय निरुपणका लागि महानगरले अवलम्बन गरेको पद्धतिका विषयमा चर्चा गर्नुभएको थियो ।

तालिमको क्रममा विवादमा उजुरी दर्तादेखि निर्णय लिने चरणसम्म पुग्दा अपनाइने प्रक्रियालगायत कानूनका सिद्धान्त, प्रयोग र व्यवहारका विषयमा प्रस्तुतिकरण र छलफल हुने महानगरले जनाएको छ ।