शुक्रबार, चैत्र १६, २०८०

प्रम देउवा र प्रमुख प्रतिपक्षीदल एमालेवीच भएको छलफल निकै सकारात्मक:सञ्चारमन्त्री कार्की

  • समयसीमाभित्रै एमसिसी पारित हुने विश्वास व्यक्त
  • आज साँझ सत्ता गठबन्धनका तर्फबाट प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीबीच थप छलफल हुने

काठमाडौं फागुन १२ ,

आजका लागि पूर्व निर्धारित संसद बैठक स्थगित भएसंगै प्रधानमन्त्री देउवाले नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपीओली वीच भएको संसद्को गतिरोध अन्त्य एमसीसी अनुमोदन केन्द्रीत छलफलपछि आजको छलफल निकै सकारात्मक रहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

छलफल सकेलगत्तै सञ्चारमन्त्री कार्कीले सञ्चारकर्मीसंगै संक्षिप्त प्रतिक्रिया दिने क्रममा संसदको गतिरोध अन्त्य र एमसिसी अनुमोदन गर्ने पक्षमा एमाले निकै सरकारात्मक भएको जनाउ दिदै समयसीमाभित्रै एमसिसी पारित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै दलीय सहमतिका लागि आज साँझ सत्ता गठबन्धनका तर्फबाट प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीबीच छलफल पुन अर्को छलफल हुने जानकारीदिदै छलफलमा सहभागी अर्का काँग्रेस नेता गगन थापाले जानकारी दिनुभयो ।

छलफलमा सरकारको तर्फबाट प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुहुन्छ। काँग्रेस महामन्त्री गगन थापा सहभागी बैठकमा एमालेको तर्फबाट अध्यक्ष ओलीसँगै नेता सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल उपस्थित रहेको हाम्रा सहकर्मीले जनाएको छ।