मङ्लबार, बैशाख ४, २०८१

देशभर १० हजार ९० जनामा कोभिडको सक्रिय संक्रमण , २ को मृत्यु

काठमाडौं फागुन ११,
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआर र एन्टिजेन परीक्षण गर्दा ३१२ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । कुल ८ हजार ६९३ जनामा कोभिड परीक्षण गर्दा उल्लेखित सख्यामा संक्रमित पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ९११ जना संक्रमित उपचार पछि डिस्चार्ज भएको र यसवीचमा २ जनामा संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ भने देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै आज पुसष्टि भएक संक्रमित मध्ये काठमाडौंका ६७ जना ललितपुर र भक्तपुरमा क्रमस १०–१० जना गरि ८७ जनामा संक्रमण देखिएको मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङमार्फत जानकारीदिएकोछ ।