मङ्लबार, बैशाख ४, २०८१

काठमाडौं फागुन ४,
निर्वाचन आयोगले आसन्न् स्थानीय तह निर्वाचनको लागि सम्वद्ध दलहरुलाइ दल दर्ताको लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बनधी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा फागुन ५ देखि फागुन १५ सम्म दल दर्ता गर्न आह्वान गरेको हो ।

त्यस्तै दल दर्ताको लागि निवेदनको ढाँचा आयोगको वेबसाइटबाट डाउनलोड गर्न वा आयोग सचिवालयबाट प्राप्त गर्न सकिने जनाउदै आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइ खुलाउनुपर्ने जनाएको छ ।