सोमवार, बैशाख ३, २०८१

सीसीएमसीसी बैठक :  विद्यालय र रात्रीकालीन व्यवसाय सञ्चालन गर्न सिफारिस

काठमाडौं माघ २३,
पछिल्लो समय बढ्दा्े कोभिड रफतारसंगै स्मार्ट लकडाउनको अवधारणा सहित गत पुस २५ गते देखि बन्द गरिएको विद्यालय कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र [सीसीएमसीसी]को आज बसेको बैठकले विद्यालय खोल्न सरकार समक्ष सिफारिस गरिएको छ ।

सीसीएमसीसीको आज बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको जोखिम कम भएको निष्कर्ष सहित आगामी फागुन १ गतेदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्न सिफारिस गरेको हो ।

]यसअघि कोभिडको ओमिक्रोन सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म र दोस्रो बैठकले माघ मसान्तसम्म विद्यालय बन्द गर्ने गरेको सिफारिस अनुरुप सरकारले विद्यालय बन्दको निर्णय गरेको थियो ।

त्यस्तै बैठकले उपत्यकामा निजी सवारी साधन र ट्याक्सीमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्नुको अलावा रात्रिकालीन व्यवसाय डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खानालगायत फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालनको लागि अनुमति दिन पनि सिफारिस गरेको छ ।