शुक्रबार, चैत्र १६, २०८०

५ ए डिभिजन फुटबल क्लवलाइ महानगरको १० लाख सहयोग

विजेता क्लवलाई प्रोत्साहन स्वरुप ५ लाख रुपैयाँ सहयोग दिइने

काठमाडौं फागुन ११,

काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ५ वटा ए डिभिजन फुटबल क्लवलाइ प्रति कल्व १० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यले क्लबका अध्यक्षहरुलाई अनुदान रकमको चेक हस्तान्तरण गर्नुभएको हो । आज सहयोग प्राप्त गर्ने क्लवहरुमा क्रमस मच्छिन्द्र क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लव, मनाङ् मस्र्याङ्दी, एन आर टी क्लब रहेका छन ।

त्यस्तै उहाँले खेल अवधिमा प्रतिस्पर्धा त्यसपछिको सौहाद्रता राजनीतिक क्षेत्रले सिक्नु पर्ने पाठ भएको बताउँदै खेलकुदले सामाजिक र आर्थिक विकास गर्नुको अलावा रोजगारी सिर्जना गर्दै विश्वभर देशको गौरव बढाउँने बताउनुभयो ।

त्यस्तै महानगरको तर्फबाट उपलबध् गराइएको सानो सहयोगले आन्तरिक प्रतिस्पर्धाबाट दक्ष खेलाडी छनौट गर्न सहयोग पुग्छ । यसरी छानिएका खेलाडीले भोलि अन्तरराष्ट्रिय प्रतिस्पर्धाबाट नेपालको गौरव उच्च बनाउनेछन् भन्ने महानगरको अपेक्षा र विस्वास रहेको बताउनुभयो । साथै चेक हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख शाक्यले विजेता फुटबल क्लबलाई पनि ५ लाख रुपैयाँ प्रोत्साहन दिने घोषणा गर्नुभएको छ ।

महानगरले उपलब्ध गराएको रकम क्लवहरुले खेलकुद प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउनेछन् । क्लवहरुले आयोजना तथा सञ्चालन गर्ने प्रतिस्पर्धामा प्रयोग हुने जर्सी, ट्र्याक, ट्राउजर, फुटबल व्यागजस्ता सामानमा महानगरको लोगो अङ्कित गर्नु पर्नेछ । महानगरको नीति र प्रचलित कानून विपरीत क्लवले काम गरे सम्झौता स्वतः खारेज हुने जानकार िदिइएको छ।

कार्यक्रममा महानरगरकी उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृत , मच्छिन्द्र क्लबका अध्यक्ष सुनिल कपाली लगायतले वोल्नुभएको थियो ।