शुक्रबार, बैशाख १४, २०८१

१ हजार ३६९ जनामा कोभिड संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं उपत्यकामा  थपिए ३२९ नयाँ संक्रमित  

काठमाडौं माघ २७ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टामा ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ जनामा र ३ हजारको एन्टीजेन परीक्षण गर्दा ३५६ जना गरि १ हजार ३६९ मा संक्रमण पुष्टि भएको जनाएको   छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा २हजार २ सय ३८ जना संक्रमित उपचार पछि डिस्चार्ज हुँदै गर्दा १२ जनाको मृत्यु भएको जनाएको छ भने देशभर २९ हजार चार जना सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।

यसैवीच आज थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा ३२९ नयाँ संक्रमित थपिएको जनाएको छ । यसरी थपिएका संक्रमितमध्ये काठमाडौंमा २३५, ललितपुरमा ६४ र भक्तपुरमा ३० जना रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै काठमाडौंमा ७१७०, ललितपुरमा ३४३१ र भक्तपुरमा १४६४ गरि उपत्यकामा १२ हजार ६५ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।