बिहिबार, बैशाख १३, २०८१

राप्रका निर्वतमान अध्यक्ष थापाले गरे पार्टी परित्यागको घोषणा[ विज्ञप्ति सहित]

काठमाडौं माघ २५ ,

राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वतमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन । मङ्गलबार हेटौंडा पुगेर पूर्वअध्यक्ष थापाले भारी मन तथा पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको विज्ञप्ति मार्फत जनाउ दिएको हो

थापाले विज्ञप्ति मार्फत ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको उल्लेख गर्दै जारी विज्ञप्तिमा पछिल्लो समय पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी राजनीतिक जीवन पार्टीभित्रै बिताउने र रमाउने चाहना हुँदा हुँदै पनि पार्टीमा मौलाएको विकृतिका कारण आफु सफल हुन नसकेसंगै आज पार्टी परित्यागको अप्रिय निर्णय गर्न बाध्य भएको जिकिर गर्नुभएको छ।

त्यस्तै आफुले पार्टी परित्याग गरेपनि राप्रपाका साथीसँग आफ्नो वैरभाव नभएको उहाँले विज्ञप्तिमा प्रष्ट पार्दै पार्टीमा त्रियाशील रहँदाको समयमा मलाइ सहयोग गर्नेतमाम पार्टीका साथी, सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति म सदैव आभारी रहने उल्लेख गर्दै साथीहरुसँग मेरो वैरभाव नभएको जिकिर समेत गरेका छन ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका थपाले पार्टी परित्याग गर्दै उहाँले सबैको भलो होस् भन्ने कामना गर्नुभएको छ। ‘सबैको भलो होस् भन्ने कामना गर्दछु’, विज्ञप्तिको अन्तिममा लेखिएको छ। नेता राजाराम बर्तौलाका अनुसार मङ्गलबार हेटौंडा पुगेर आफ्ना समर्थकका साथ उहाँले पार्टी परित्यागको घोषणा गर्नुभएको हो।