बिहिबार, बैशाख १३, २०८१

मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिवद्ध : मन्त्रिपरिषद् बैठक

काठमाडौं फागुन १६ ,
सरकारले आज बसेको मन्त्रिपरिषद् बैठक मार्फत मिलेनियम च्यालेन्ज कम्प्याक्ट लाई प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्नुहुने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायतका अन्य राजनीतिक दलहरु, प्रतिनिधि सभाका सभामुख र सदस्यहरु सबैलाई धन्यबाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

बैठक पछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुसँग कुरागर्दै नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिवद्ध रहेको जानकारीदिदै नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु-याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तराष्ट्रिय संघ संस्थाहरुप्रति आभार व्यक्त गरेको जानकारीदिनुभयो ।

त्यस्तै उहाँले यसवीचमा सद्भावप्रति सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाईहरु, नागरिक समाज, सञ्चार जगत, बुद्धिजीवी, उद्योगी व्यवसायी सबैमा नेपाल सरकारले धन्यबाद व्यक्त त्रापन गर्ने निर्णय भएको बताउनुभयो।