शुक्रबार, बैशाख ७, २०८१

दलहरुवीच सहमति जुट्न नसक्दा आजको संसद बैठक पनि १५ गतेसम्मका लागि स्थगन

काठमाडौं फागुन १३,
आजका लागि तय भएको प्रतिनिधिसभा बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित भएको छ । विहिवार बस्ने भनिएको संसद बैठक एमसीसी अनुमोदनको सवालमा दलहरुवीच सहमति बन्न नसकेपछि आज बस्ने गरि बैठक स्थगन गरिएको थियो ।

तर आज पनि बैठक बस्नु अघिनै स।सद सचिवालयले सूचना टाँस गर्दै विशेष कारणवस भन्दै संसदको बैठक स्थगन गरिएको सूचना जारी गरेको छ । आजको बैठकमा अमेरिकी मेलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताबारे शैधान्तिक छलफलको कार्यसूची रहेको थियो ।