शनिबार, बैशाख ८, २०८१

थप ३५० जनामा सङ्क्रमण ४को मृत्यु

काठमाडौं फागुन ७,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ५३८ जनाको पीसीआर परीक्षण गर्दा १९८ जना र ३ हजार ५५८ जनाको एन्टीजेन परीक्षण गर्दा १५२ जना गरि ३५० जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा १हजार २ सय ७२ जना सङ्क्रमणमुक्त भएको जनाउँदै ४ जनाको मृत्यु भएको र योसंगै नेपालमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९१७ पुगेको जानकारी दिएको छ भने हाल १३ हजार ३५७ जनामा सक्रिय सङ्क्रमण रहेको जनाएको छ।