बुधबार, बैशाख १२, २०८१

कोभिड कहरका कारण स्थगित लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ देखि सुरु हुने

काठमाडौ माघ २०,
पछिल्लो समय बढ्दो कोभिड कहरका कारण स्थगित गरिएका लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ गतेदेखि सुरु हुने भएका छन्। आयोगले यसअघि माघ ६ गत सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि भन्दै सवै परीक्षा स्थगित गरेको थियो ।

आयोगले सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा [सञ्चालन तथा व्यवस्थापन] सम्बन्धी मापदण्ड, २०७७ पालना गरी फागुन ६ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

लिखित परीक्षा सञ्चालन गर्दा सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरिने आयोगले जनाएको छ।