शुक्रबार, बैशाख १४, २०८१

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक : एमसीसी परियोजना संसदद्बारा पारित गर्ने निर्णय

काठमाडौं माघ २७ ,
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको पहिलो बैठकले प्रस्तावित एजेन्दामा घनिभुत छलफल गर्दै पार्टीगत आधिकारिक धारणा अन्र्तगत एमसीसी परियोजना संसदद्बारा पारित गर्ने निर्णय गरेको छ । बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य डा रामशरण महतले एमसीसी परियोजनाबारे विस्तृतमा चर्चा गर्दै ‘एमसीसी मुलत विद्युत र सडकका लागि हो भन्ने विषय तत्काल जनमानसमा लैजानुपर्ने अभिव्यक्ति दिएसंगै बैठकले एमसीसी विषयमा यस्तो निर्णय गरेको हो ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरु, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुका सम्बन्धमा र विविध विषयका प्रस्ताव राख्नु भएको थियो । प्रस्तावित एजेन्दामा माथिको छलफलमा भाग लिदै केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु— गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा। शशांक कोइराला, डा. रामशरण महत, सुनिलबहादुर थापा, बलबहादुर के।सी।, उमा रेग्मी, रमेश रिजाल, डा। नारायण खड्का, जीपछिरिङ लामा र आनन्दप्रसाद ढुंगानाले आफ्नो धारणा राख्नु भएको पार्टी मुख्यालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।