बिहिबार, बैशाख १३, २०८१

एमालेले आजको संसद बैठक पनि अवरुद्ध गर्ने

काठमाडौं, फागुन ४,
आज बस्ने संसद बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरोधलाई कायमै राख्ने र आफुले कारवाही गरेका १४ सांसदबारे सभामुख अग्नि सापकोटाले सूचना ननिकालेको भन्दै एमालेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बहिस्कार गर्ने भएको छ ।

सभामुख सापकोटाले १ बजे बस्ने प्रतिनिधिसभा बैठक अघि ११ः ३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठक संसद बैठकका कार्यसूची तय गर्न बोलाइने गरिएको छ ।