बिहिबार, बैशाख १३, २०८१

आसन्न स्थानीय तह निर्वाचनमा सहभागी हुन राष्ट्रिय सहित ८० वटा दलको आवेदन

काठमाडौं  फागुन १६ , 
आसन्न स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि फागनु ५ देखि १५ गतेसम्म दल दर्ताका लागि समय निर्धारण गर्दै गरेको आव्हान अनुरुप ८० वटा राजनीति दलले निर्वाचन आयोगमा निवेदन दिएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले आयोगमा दर्ता भएका दलहरुले निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने कानुनी प्रावधान अनुरुप राष्ट्रिय दल मान्यता प्राप्त नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी , नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीसहित साना दलले निर्वाचनमा भाग दिन निवेदन दिएको जानकारी दिनभएको हो ।

त्यस्तै उहाँले अवको चरणमा दल दर्ताका लागि दिएको निवेदन कानुन बमोजिम भए नभएको छानविन गर्दै दर्ता प्रक्रियालाइ पूर्णता दिइने बताउनुभयो । आयोगका अनुसार दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलहरुले केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या खुलाउनुपर्ने, लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्गथा रहेो छ।