बिहिबार, बैशाख १३, २०८१

अब नाङ्गिनु पर्छ…

काठमाडौं माघ २३ ,

♦सनत कुमार थापा

जन्मने हुर्कने बढ्ने मर्ने यो संसारको रित हो !
दु:ख सुख सबैले केहि न केहि भोग्नु पर्ने हो !!

दु:ख पर्दैमा हेर नआत्तिनु सुख हुँदामा नमात्तिनु !
यस्तो अबस्थामा मानिसले सधै संयमित भै बस्नु !!

दिन पछि रात आउछ रात पछि फेरि आउछ दिन !
सुख दु:ख त्यस्तै हो सधै एकनास कहाँ हुन्छ जीवन !!

अन्न पानीको शरिर सन्चो बिसन्चो पनि भै नै रहन्छ !
खान पिनमा बिचार गर्नुस रोग व्याधि पनि निको हुन्छ !!

हरेक मानिस जन्मनाको साइत बमोजिम अगाडी बढ्छ !
ईर्षा जलन कसैको नगरौ कर्म अनुशारको भोग भोग्नै पर्छ !!

हिजो नराम्रो लागेको कुनै पनि आज राम्रो लाग्न सक्छ !
हिजो खराब भएको आज हेर असल वनी सुध्रिन सक्छ !!

देश र जनताको हित गर्ने जो सुकै भए पनि उस्लाई सम्मान गर्नु पर्छ !
देश र जनताको अहित गर्ने जो सुकै हुन क्रमै संग अब नाङ्गिनु पर्छ !!