सोमवार, बैशाख ३, २०८१

२५२६ जना संक्रमित हुँदै गर्दा ८ हजार ४२५ डिस्चार्ज , १६ को मृत्यु

काठमाडौं माघ २१ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पछिल्लो २४ घण्टामा हजार ६६५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय २ जना र ४ हजार ४१८ जनाको एन्टीजेन परीक्षण गर्दा ९२४ जना गरि २ हजार ५२६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार यसवीचमा ८ हजार ४२५ जना उपचार पछि डिस्चार्ज भएका छन भे वितेको २४ घण्टामा १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज पुष्टि भएका मृतकसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७९४ पुगेको मन्त्रालयले जनाउनुको अलावा नेपालमा हाल ५६ हजार ४५७ जना सक्रिय सङ्क्रमित रहेको जानकारी दिएको छ भने ५ लाख १३ हजार ५१ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।