बिहिबार, बैशाख ६, २०८१

सत्तासाझेदार दलको दुगुला चरित्र, एमसीसीको एजेन्दामा काँग्रेस एक्लियो

काठमाडौं फागुन ४,
काँग्रेस नेतृत्वको सरकारका सत्ता साझेदल नेकपा माओवादी नेकपा र जसपाले आज बस्ने संसद बैठकमा सरकारले एमसीसी अनुमोदनका टेबल गरे विपक्षमा उभिने निर्णय गरेसंगै सत्ताको नेतृत्व गर्दै आएका नेपाली काँग्रेस एमसीसीको पक्षमा उभिने एक्लो दल भएका छन ।

यद्यपी कांग्रेसले आजको संसद बैठकमा उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिने तयारी भएसंगै कांग्रेसले आफ्ना सांसदमा ह्विप जारी गरेको हो । तर सत्तासाझेदल माओवादी , नेकपा एस र जसपाले देखाएको दुगुला चरित्रका कारण आजको बैठकमा एमसीसी टेवल हुने संभावना झिनो देखिएको काँग्रेसजनको बुझाइ रहेको छ।

यसैवीच सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्षप्रचण्ड संसदीय दलको बैठक लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि बालुवाटार पुगेका छन् । राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने र संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पहिल्याएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यदि प्रधानमन्त्रीज्यूले जबरजस्ती टेबल गर्ने प्रयास गरे आजै सरकारबाट अलग भएको घोषणा गर्ने संसदीयदलको निर्णय सहित बालवाटार पुगेको सम्वद्ध स्रोतले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031