शुक्रबार, बैशाख ७, २०८१

कोभिड संक्रमणका कारण मृत्यु हुनेको सख्या ११ हजार ९३४ पुग्यो

काठमाडौं फागुन १४ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ५ हजार १५२ को परीक्षण गर्दा थप १५५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ।
२ हजार २३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ जना २ हजार ९१३ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जना गरि यल्लेखित सख्यामा संक्रमितको पहिचान भएको हो । त्यस्तै यसवीचमा थप दुई जनाले ज्यान गुमाएका छन् भने ५४० जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षण अनुसरार कुल संक्रमितको सख्या ९ लाख ७६ हजार ७७१ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या १ लाख ३९ हजार ३०९ रहेको जनाएकोछ । साथै संक्रमणका कारण मृत्यु हुनेको सख्या ११ हजार ९३४ पुगेको छ ।

साथै सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ८३९ रहेको छ । यसमध्ये आइसीयूमा ९२ र भेन्टिलेटरमा १४ जनाले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031