बुधबार, बैशाख १२, २०८१

युक्रेनमा रुसी सेनाले आक्रमणमा  ३ जना बालबालिका सहित १९८ जना युक्रेनीको मृत्यु

समाचार एजेन्सी/ फागुन १४ ,
युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म ३ जना बालबालिका सहित १९८ जना युक्रेनीको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएको छ ।

समाचार माध्यमका अनुसार यो सख्या अझै बढ्न सक्ने जनाउदै देश जोगाउनका लागि युक्रेनमा अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएको जनाएको छ।

त्यस्तै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जबसम्म शत्रुले आक्रमण गरिरहने छन्, तबसम्म त्यसको सामना आफुले गरिरहने अठोटसहित जनतासँगै रहेर शत्रुका विरुद्धमा लड्ने उद्घोष गरसंगै आम नागरिक युद्धभूमिा उत्रेको हो ।