बिहिबार, बैशाख ६, २०८१

बुधवारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पुन: स्थगित

काठमाडौं माघ २५ ,
बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पुन: फागुन २ गतेका लागि सारिएकोछ । संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले भोलि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवस स्थगित गरिएको सूचना जारी गर्नुभएको हो । साथै जारी सूचनामा प्रतिनिधिसभा नियमावली २०७५को नियम ६ को उपनियम ३ अनुसार सभामुख अग्निप्रसाद सापकोटाले फागुन २ा लागि बैठब निर्धारण गर्नुभएको व्यहोरा उल्लेख गर्नुभएको छ।

यसअघि बुधबार दिउँसो १ बजेकाका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची संगै २०६४ को संविधानसभामा समानुपातिलक सांसद बन्नुभएका जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पारित गर्ने जानकारी दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031