बिहिबार, बैशाख ६, २०८१

११ हजार मुना परीक्षण गर्दा १ हजार ५७०जनामा कोभिड संक्रमण , १३को मृत्यु

बेलायत सरकारको कोभ्याक्समार्फत तर्फबाट ८ लाख मात्रा खोप नेपाल आइपुग्यो

काठमाडौं माघ २४ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ जना र ३ हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ जना गरि १हजार ५७० जनामा सङ्क्रमण पुष्टि भएको जनाएको  छ।

त्यस्तै मन्त्रालयले यसवीचमा छ हजार १४६ जना संक्रमित सङ्क्रमण मुक्त भएको जानकारििदनुको अलावा संक्रमणका कारण १३ जनाको मृत्यु भएको जनाएको छ । आज पुष्टि भएका मृतकसंगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ८२७ पुगेको छ भने अझै  ४० हजार १११ जनामा सक्रिय सङ्क्रमण रहेको जनाएको छ।  साथै पछिल्लो २४ घण्टामा मुलुकमा १ लाख ७८ हजार ५७९ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

यसैवीच बेलायत सरकारले नेपाल सरकारलाइ कोभ्याक्समार्फत उपलब्ध गराएको ८ लाख ६२ हजार ८० डोज कोभिड विरुद्धको खोप एस्ट्राजेनेकाको नेपाल आइपुगेको जनाएके छ । बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने घोषणा गरेको २१ लाख ७४ हजार मात्रा उल्लेखित सख्यामा खोप नेपाल आइपुगेको मन्त्रालयले जनाएको छ। साथै आगामी फागुन १ गते १३ लाख १२ हजार मात्रा बाँकी खोप आउने जानकारी समेत मन्त्रालयले दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031