शुक्रबार, बैशाख ७, २०८१

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बस्दै

काठमाडौं माघ २७ ,  
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पहिलो पटक बस्दैछ । पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारी लगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

कार्यसम्पादन समितिको बैठकको तयारीका लागि बुधबार पार्टी सभापति देउवासहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सबै पदाधिकारीबीच आन्तरिक छलफल भएको थियो ।

कांग्रेसको १४ औ महाधिवेशन पछि कांग्रेस विधानत गठन गरिएको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टीका निर्वाचित पदाधिकारी सहित मनोनित हुने थप ३१ जना सदस्य, प्रवक्ता, संसदीय दलको नेता सहित ४६ सदस्यीय बन्ने भएपनि तत्कालका लागि गत माघ १४ मा ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गठन गरिएको बताउदै पार्टी प्रवक्ता प्रकाशशरण महतले समितिको यो पहिलो बैठक भएको    बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031