शुक्रबार, बैशाख ७, २०८१

एमसीसी अनुमोदनको बिरोधमा आज नेपाल बन्दको आव्हान, सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौ फागुन १६,
आइतवार प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेको बिरोधमा आज नेपाल बन्दको आव्हान गरिएको छ । एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध जनाउँदै आएका ६ वाम राजनीतिक दल र दुई मोर्चाले आज नेपाल बन्दको आव्हान गरेका हो ।

बन्द आव्हान कर्तामाहरुमा क्रमस नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिष्ट पार्टी मशालका महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिष्ट पार्टी [क्रान्तिकारी माओवादी] का महासचिव मोहन वैद्य किरण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादु केसी, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पाार्टी, नेपालका संयोजक आहुतीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मा उल्लेख गरिएको
छ।

त्यस्तै बन्द आव्हानगरेयता राजधानी र आसपासका क्षेत्रमा रहेका विधालय भने बन्द रहेको छ । त्यस्तै बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031