शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं महानगर सबैको सहज स्वास्थ्य उपचारका लागि प्रतिवद्ध: प्रमुख शाक्य

शिक्षण अस्पताललाई काठमाडौँ महानगरको तर्फबाट ६ करोड १७ लाख १६ हजार ५५७ लागत मूल्यको अत्याधुनिक सीटी स्क्यान मेसिन हस्तान्तरण

काठमाडौँ माघ १७ ,
काठमाडौँ महानगरपालिकाले त्रि. वि. शिक्षण अस्पताललाई अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान गरेको छ । आज अस्पतालमा पुगेर महानगरका मेयर विद्यासुन्दर शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. सुवासप्रसाद आचार्यलाई मेसिन खरिद गर्दाको रकम बराबरको चेक प्रदान गर्नुभएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले उपचार नपाएर मानवीय क्षति नहोस् भनेर महानगरले स्वास्थ्य सेवामा लगानी बढाएको बताउदै बढ्दो कोभिड जोखिमका कारण काठमाडौं महानगर महानगरबासीसँगै सबै देशबासीको सहज स्वास्थ्य उपचारका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।

त्यस क्रममा पूर्व उपप्रधानमन्त्री समेत रहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, महानगरले स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सकारात्मक परिणाम देखिन थालेको भन्दै महानगरको तर्फबाट भएको सहयोगबाट शिक्षण अस्पतालमा आउने विरामीले तत्काल सेवा पाउने विस्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ , त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा. डा. दिव्यासिंह शाह , प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, स्वास्थ्य संस्था दर्ता तथा नविकरण समितिका संयोजक दीपक के. सी. सहित पदाधिकारी सहभागीता रहेको थियो ।

सिटी स्क्यान मेसिन खरिद गर्न महानगर र अस्पतालविच २०७७ मंसिर ३० गते सम्झौता भएको थियो । सम्झौताअनुसार अत्याधुनिक सीटी क्यान मेसिन खरिदका लागि महानगरले उपलब्ध गराएको आर्थिक अनुदानबाट अस्पतालले मेसिन खरिद गरेर पुस ११ गते जडान सम्पन्न गरेको हो । फ्लास टेक्नोलोजीमा आधारित मेसिन १ सय २८ स्लाइसको छ । स्पेसिफिकेसनका आधारमा सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट खरिद गरिएको मेसिनको मूल्य ६ करोड १७ लाख १६ हजार ५५७ रुपैयाँ परेको छ । सम्झौतामा वेला यसको लागत करीव ७ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31