मङ्लबार, जेष्ठ ३, २०७९

उपत्यकामा जारी जोर-बिजोर प्रणाली निष्प्रभावी भएको ठहर, परिमार्जित गर्ने तयारी हुँदै

सार्वजनिक सवारीमा कोचमकोचको यात्रा गर्दै सर्वसाधारण

काठमाडौं माघ १३ ,
उपत्यकाका ह्वात्तै कोभिड संक्रमितको रफ्तार बढेसंगै सबै किसिमका सवारीमा लागु गरिएको जोर-बिजोर नियमका कारण सवारीको सख्या घटेपनि बढेदो भिडभाड भने नियन्त्रणमा आउन नसकेसंगै जारी जोर-बिजोर प्रणालीलाइ परिमार्जित गर्ने तयारी भएको छ।

सवारीमा जोर बिजोर प्रणाली लागु गर्दै अत्यावश्यक काम नपर्दासम्म बाहिर ननिस्कन आग्रह गरेपनिसार्वजनिक र निजी सेवा प्रदायक संघ–संस्था र कार्यालयहरू खुलिरहेका कारण सेवाग्राही  सार्वजनिक र निजी सेवा प्रदायक संघ–संस्थामा जानका लागि सर्वसाधारणले बस, माइक्रो, टेम्पोलगायतका सार्वजनिक यातायात चढ्न थालेपछि झन यी साधनमा चाप बढेको सम्वद्ध स्रोतले जनाएको छ। यहाँसम्की सवारी साधनमा सिट क्षमता भन्दा बढि यात्रुले कोचम कोच गर्दै यात्रा गर्ने गरेको पाइएकोछ ।

जोर बिजोर प्रणाली अनुरुप सञ्चालनमा आएका सवारी साधनमा बढ्दो भिडभाडका कारण कोभिड नियन्त्रणका लागि भन्दै लागु गरिएको प्रस्तुत प्रणाली प्रभावकारी बन्न नसकेको ठहर गरिएको हो ।

त्यस्तै बिजोर प्रणालीका कारण सीमित यातायातका साधन गुड्दा बढ्दो थप भिडभाडलाइ दृष्टिगत गर्दै उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले समिक्षा सहित प्रस्तुत प्रणालीको परिमार्जित विकल्प कार्यान्वयनमा ल्याउँने तयारी गरेको बुझिएको छ। यद्यपी ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यसविषयमा नितिगत निर्णय गर्ने तयारी गरेको बताइएकोछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31