बिहिबार, बैशाख १३, २०८१

उपत्यकाका तीन जिल्लामा मात्र कोभिड सक्रिय संक्रमितको संख्या ३७ हजार नाघ्यो

विहिवार उपत्यकाका ६ हजार ९८१ संक्रमित थपिए

काठमाडौं माघ ६,
पछिल्लो २४ घण्टामा पहिचान भएका थप १२ हजार ३३८ जनामा कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकाका ६ हजार ९८१ संक्रमित रहेको मन्त्तालयले जनाएको छ ।

मन्त्रालयले यसमध्ये सवैभन्दा बढि काठमाडौंमा ५ हजार १, लतिपुरमा ११ सय ३० र भक्तपुरमा ८५० जनामा संक्रमण देखिएको जनाएको छ ।
त्यस्ते मन्त्रालयले योसँगै काठमाडौंमा मात्र सक्रिय संक्रमितको संख्या २६ हजार ६९८ , ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ सक्रिय संक्रमित रहेको जानकारी दिदै पछिल्लो समय उपत्यकाका तीन जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या ३७ हजार ९३ पुगेको जनाएके छ ।