बिहिबार, चैत्र १५, २०८०

बढ्दो कोभिड संक्रमणका कारण गुजरात समिट स्थगितसंगै प्रम देउवाको भारत भ्रमण स्थगन

काठमाडौं पुस २२,
प्रधानमन्त्री शेरबहादुर देउवाको आएतवारबाट हुने भनिएको ४ दिने भारत भ्रमण रोकिएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिटमा भाग लिन प्रधानमन्त्री देउवा आइतवार भारत जाने कार्यक्रम रहेको थियो ।

पछिल्लो समय भारतमा बढ्दो काृभिड संक्रमणको रफ्तारसंगै गुजरात सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको समिटको कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हाृ ।

यद्यपी समिट स्थगित भएको जानकारी भारतीय मिडियाबाट आए पनि भारतीय विदेश मन्त्रालयको तर्फबाट औपचारिक पत्र आइनसकेको जानकारी आइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।