शनिबार, बैशाख ८, २०८१

५ हजार २९२ जनामा कोभिड संक्रमण ८को मृत्यु

काठमाडौं माघ १७,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेन गरि कुल १६ हजार ८८ जनामा परीक्षण गर्दा ५ हजार २९२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । त्यस्तै यसवीचमा ८ हजार १९१ जना उपचार पछि डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा संक्रमणका कारण ८ जनाको मृत्यु भएको जानकारीदिदै संक्रमणकाकारण मृत्यु हुनेको पछिल्लो सख्या ११ हजार ७४३ पुगेको जनाएको छ ।साथै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७९ हजार २७२ रहेको जानकारीदिनुकोअलावा पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार ६०३ जनाले कोभिडविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।