बिहिबार, बैशाख ६, २०८१

३ हजार ५४० जनामा संक्रमण, ३२ संक्रमितको मृत्यु

२४ लाख डोज खोप खोजी गर्न छानविन समिति गठन

काठमाडौं माघ १६,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३२ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरि कुल १३ हजार १४५ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले आजको नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिएका छन ।

त्यस्तै यसवीचमा छ हजार ३५९ जना डिस्चार्ज भएका छन् भने माघ १३ गते देखि १६ गतेसम्म ३२ जनाको मृत्यु भएको जानकारी दिनुको अलावा देशभर कोभिड सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको जनाएको छ।

यसैवीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ लाख डोज खोप खोजी गर्न ५ सदस्यीय छानविन समिति गठनगरेको छ । मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राका अनुसार रेकर्डमा नरहेको २४ लाख डोज खोप खोजी गर्न गठित समितलाइ खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी समेत दुई हप्तामा प्रतिवेदन बुझाउन कार्यादेश दिएको जानकारी दिएकी छन्। समितिको सदस्य सचिवमा डा.गुणनिधि शर्मा, डा.अभियान गौतम, सदस्यहरूमा यशोदा अर्याल, अनिल थापा रहेका छन् । हराएको भनिएको खोप छानविन गर्ने समितिले खोप अभिलेख विवरण अद्यावधिक गर्नेछ