शनिबार, बैशाख ८, २०८१

३५ सय ५३ जनामा कोभिड संक्रमण ,एक को मृत्यु

काठमाडौ पुस २९,
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ३५ सय ५३ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। १० हजार ४९४ जनाको पीसीआर परीक्षण गर्दा २९ सय २२ जना र ४५ सय ८३ जनाको एन्टीजेन परीक्षणको क्रममा ६३१ जना गरि उल्लेखित सख्यामा कोभिड संक्रमितको पहिचान भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी यसवीचमा संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने २७१ जना संक्रमण मुक्त भएका छन् । साथै बिहीबार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको मन्त्रालयले जनाएनुको अलावा पछिल्लो २४ घण्टामा तीन लाख ५६ हजार चार जनाले खोप लगाएको जानकारीदिएकोछ ।